दफा ७३
सामूहिक लगानी योजनाको सञ्चालन
(१) योजना व्यवस्थापकले सामूहिक लगानी योजना सञ्चालन गर्ने उद्देश्यले सहभागीहरुको आवश्यकता र हितलाई ध्यानमा राखी तोकिए बमोजिम एउटै वा छुट्टाछुट्टै किसिम र नामबाट सामूहिक लगानी योजना सञ्चालन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम योजना व्यवस्थापकले कुनै योजना सञ्चालन गर्नु अघि डिपोजिटरीसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ ।